नियम ३४
प्रशासनिक खर्चको हद
ऐनको दफा १२६ को उपदफा (६) को प्रयोजनको लागि
नगरपालिकाले स्वीकृत बजेटको परिधिभित्र रही ऐन बमोजिम कर, शुल्क, सेवा शुल्क,
दस्तुर र भाडाबाट उठाएको कुल रकमको पच्चीसलाख रुपैया“सम्म आन्तरिक आम्दानी
हुने नगरपालिकाले अधिकतम साठी प्रतिशत, पच्चीसदेखि पचासलाख रुपैया“सम्म
आम्दानी हुने नगरपालिकाले अधिकतम चालीस प्रतिशत, पचासलाखदेखि एककरोड
रुपैया“सम्म आम्दानी हुने नगरपालिकाले अधिकतम तीस प्रतिशत र एककरोड रुपैया“
भन्दा बढी आम्दानी हुने नगरपालिकाको पच्चीस प्रतिशत भन्दा बढी रकम
प्रशासनिक कार्यका लागि खर्च गर्न पाइने छैन ।
स्पष्टीकरण ः नगरपालिकाको विकास आयोजना, सरसफाई, दमकल र एम्बुलेन्स खर्च
बाहेक तलव, भत्ता, कर्मचारी कल्याण कोष, इन्धन, मर्मत, मसलन्द, फर्निचर, भैपरी,
आर्थिक सहायता जस्ता खर्च यस नियमको प्रयोजनका लागि प्रशासनिक खर्च मानिनेछ ।